कानेपोखरी गाउँपालिका पराजित

पथरी। मैत्रीपूर्ण पालिकास्तरीय फुटबल प्रतियोगिता पथरी शनिश्चरे नगरपालिकाले जितेको छ ।

शनिबार पथरी शनिश्चरे -०१ स्थित पञ्चायत माविको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा पथरी शनिश्चरेले कानेपोखरी गाउँपालिका विरुद्ध ४-२ को अन्तरले पराजित गर्दै विजय हासिल भएको हो। खेलको निर्धारित समयमा पथरी शनिश्चरे नगरपालिकाको तर्फबाट सागर श्रेष्ठले पहिलो गोल गरेका थिए। खेलको पुर्वाद्धमा कानेपोखरी गाँउ पालिकाका वडा नम्बर ५ का वडाध्यक्ष समेत रहेका चरण गुरूङले जवाफी गोल गर्दै खेललाई बराबरीमा पुर्याए। त्यसपछिका पथरीशनिश्चरे नगरका खेलाडीहरू क्रमशः इन्द्रमणि सुवेदी , हेमचन्द्र बुढाथोकी र बालकृष्ण राईले गरेका प्रयासहरू गोलमा परिणत हुँदै ४-१ को फराकिलो अन्तरमा पुर्याएका थिए। खेलको दोस्रो हाफमा कानेपोखरीका तर्फबाट भुवन लिम्बुले पथरीशनिश्चरे नगरको गोल पोष्टमा गरेको प्रहार गोल रूपान्तरण भएपछि ४-२ को अन्तरमा घटाएका थिए। खेलको आयोजना पथरी शनिश्चरे २ ले आयोजना गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार