पथरी। मोरङको पथरी शनिश्चरेमा जारी भेट्रान लिग फुटबल प्रतियोगिताको उपाधि पथरी शनिश्चरे २ ले रक्षा गरेको छ।
सोमबार भएको फाइनल खेलमा पथरी शनिश्चरे वडा नं ४ लाई २-१ गोल अन्तरको जीत निकाल्दै उपाधि आफ्नो पोल्टामा पारेको हो । पहिलो हाफको १० औं र १८ औं मिनेटमा गोल गर्दै वडा नम्बर २ का मदन राईले विपक्षीलाई पछि पारे । टिम क्याप्टेन समेत रहेका राईले दुवै गोल हेडमार्फत गरेका हुन्। वडा नम्बर ४ ले दोस्रो हापको ४० औं मिनेटमा यादव राईले सान्त्वना गोल गर्न सफल भए पनि जितको लागि पर्याप्त भएन ।
प्रतियोगिताका विजेता वडा नम्बर २ ले नगद ५० हजार रुपैयाँ, मेडल र ट्रफी पुरस्कृत प्राप्त गर्यो। उपविजेता वडा नम्बर ४ लाई नगद २० हजार रुपैयाँ, मेडल तथा ट्रफी प्राप्त गर्न सफल भयो। प्रतियोगितामा वडा नम्बर २ का टिम क्याप्टेन मदन राई म्यान अफ द म्याच घोषित हुनुका साथै सबैभन्दा बढी गोलकर्ता पनि बने । खेलमा बेस्ट गोलकिपर सन्तोष राई, बेस्ट डिफेन्स विजय राई किम्जो, बेस्ट मिडफिल्डर लोकेन्द्र राई, बेस्ट फरवार्ड सूर्य शिवा, मेन अफ द सिरिज जोन सुब्बा घोषित भएको खेल संयोजक तथा वडा नम्बर ०२ का वडाध्यक्ष नैना साम्पाङ राईले जानकारी दिए ।
वडा नम्बर १ लाई १ गोल गर्दै वडा नम्बर ४ ले फाइनलको यात्रा तय गरेको हो । २ नम्बर वडाले वडा नम्बर ८ लाई २-० अन्तरले पराजित गर्दै दावेदार टिम बनेको थियाे।पञ्चायत माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगिता वडा नम्बर २ ले आयोजना गरेको हो । ‘आत्मविश्वास, आत्मनिर्भरता, स्थानीय पहिचान र स्वास्थ्यका लागि खेल’ भन्ने मूल नाराका साथ गत चैत १६ गतेदेखि वडास्तरीय भेट्रान लिग फुटबल प्रतियोगिता प्रारम्भ भएको थियो।


129 पटक हेरिएको 








