पथरी। आर्थिक वर्ष २०८१/०८२ को बजेट नीति तथा कार्यक्रमको लागि पथरी शनिश्चरे नगरपालिकाले सञ्चारकर्मीहरुसँग राय सुझाव संकलन गरेको छ ।
आज नगरपालिकामा भएको नीति तथा कार्यक्रम तयारी सम्वन्धमा राय सुझाव संकलनको अध्यक्षता उप–प्रमुख देविमाया काफ्लेले गरेकी थिइन्। योजना शाखाका लुकनाथ पोखरेलले सञ्चालन गरेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शशि राईले सञ्चारकर्मी माझ कार्यक्रमको बारेमा प्रष्टाए । त्यसपश्चात् नेपाल पत्रकार महासंघ मोरङ शाखाका कार्यवहाक अध्यक्ष मोहन भट्टराई, सञ्चारकर्मी अर्जुन जम्नेली राई, केशव निरौला, फिपराज बेघा, दिनेश सुब्बा, बिजय खम्बु, छवि ढकाल लगायतले आ–आफ्ना राय सुझावहरु राखेका छन्।
भोलि राजनीतिक दलका प्रतिनिधिहरुसँग राय सुझाव संकलन गरिने नगरपालिकाले जानकारी दिएको छ ।


110 पटक हेरिएको 





