पथरी। फरार प्रतिबादीहरुको खोजी तथा पक्राउ अभियान अन्तर्गत प्रहरीले ३५ जना प्रतिवादीहरूलाई ईलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको छ ।
वैशाख २४ गते उनीरुलाई पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ । मोरङ जिल्ला अदालतको विभिन्न मितिको फैसलाले कुटपिट, किर्ते, लिखित गाली वेईज्जती, जवरजस्ती करणी, सरकारी छाप दस्तखत किर्ते, लुटपिट, करकाप लगायतका कसूरहरूमा उनीहरू दोषी ठहर भई फरार रहेका थिए।
यस आर्थिक बर्ष २०८०/८१ मा हालसम्म ८ सय ३८ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी मोरङ जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरीले वताएको छ ।


69 पटक हेरिएको 








