पथरी । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देवीमाया काफ्लेले तीन वटा योजना तथा कार्यक्रमको अनुगमन गरेकी छिन् ।
आज वडा नं. २ को अर्जुन जोगीको घर पूर्व गोही होलीको कल्भर्ट निर्माण, वडा नं. ४ को भागीरथ माविको भवन निर्माण र वडा नं. १ मा अवस्थित डम्पिङ साइड फोहोर व्यवस्थापनको अनुगमन गरिएको हो ।
अनुगमनमा नगरका योजना शाखा प्रमुख शिवकुमार राई, अनुगमन समितिका सदस्य वीरबहादुर राई, इन्जिनियर सन्तोष केसी र सव–इन्जिनियर समिर प्रसाद काफ्ले लगायतको सहभागिता रहेको थियो ।


80 पटक हेरिएको 








