मोटरसाईकल अनियन्त्रित, १ जनाको मृत्यु

झापा। जिल्लाको दमक नगरपालिका -३ स्थित भित्री सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मंगलवार साँझ ५ बजे ताराबारीबाट गोलाटार तर्फ जाँदै गरेको प्रदेश १-०१-०१५ प ८७३६ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भएको थियोे । दुर्घटना हुँदा मोटरसाईकल चालक झापाको मेची नगरपालिका-५ का ३० बर्षीय सुनिल लावती घाईते भई उपचारको लागि बी एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा राती पौने १० बजे मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार