पथरी । पथरी शनिश्चरे वडा नं. ७ ले व्यूटीपार्लर तालिमको आयोजना गऱ्यो ।
चैत २८ गतेदेखि सुरु गरिएको तालिमको आज वडा कार्यालयको सभाहलमा समापन गरिएको हो ।वडा अध्यक्ष उद्धवराज बस्नेतको अध्यक्षतामा भएको सो कार्यक्रम नगर प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । वडाका २२ जना महिलाहरुले तालिम लिएका थिए । प्रमुख अतिथि तुम्वापोले प्रमाण–पत्र वितरण गरे । प्रशिक्षार्थीको तर्फबाट कृतिका भट्टराईले आफ्ना कुरा राखिन । वडा अध्यक्ष बस्नेतले वडाका महिला दिदी बहिनीहरु आत्मनिर्भर बन्दै अघि बढे महिला लक्षित कार्यक्रम नियमित थप गर्दै लगिने बताए । कार्यक्रममा वडा सचिव इन्दु सुवेदी, वडा सदस्यहरु नरेश बहादुर राई, मणिकुमार लिम्बुको उपस्थिति रहेको थियो ।


110 पटक हेरिएको 












