तेस्रो शिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिता: सप्तरंगी र कल्याणको बिजयी सुरुवात

सिरिजंगा चोक । मोरङ्गको पथरीशनिश्चरे-३ मा तेस्रो शिरिजङ्गा खुल्ला फुटबल प्रतियोगिता सुरू भएको छ।

जेठ ३ गतेवाट सुरू खेलमा आयोजक शिरिजङ्गा एफ सी पराजित बन्यो । सप्तरंगी एफ सी सडनडेथमा ६-५ गोल अन्तरले विजयी भयो। खेलको पहिलो हाफमा आयोजक शिरिजङ्गा एफ सी का खेलाडी संयोग थापाले एघारौं मिनेटमा उत्कृष्ट गोल लगाउँदै अग्रता कायम गरेका थिए तर खेलको दोस्रो हाफमा सप्तरंगीका अरुण राईले गोल फर्काउदै बराबरीमा ल्याइपुर्याए ।  त्यसपछि सडनडेथ सप्तरंगीले ६-५ गोल अन्तरले आयोजक शिरिजङ्गालाई हरायो।

यस्तै दोस्रो खेलमा कल्याण स्पोर्टिङ्ग क्लवले आम्बडी एफ सी लाई १-० गोलले हराउँदै दोस्रो चरणमा प्रबेश गरेको छ। बिजयी कल्याण स्पोर्टिङ्गका लागि एक मात्र गोल डेभिड लिम्बूले खेलको दसौँ मिनेट गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार