विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-१८ मा पौडी खेल्ने क्रममा १ जना किशोरको डुवेर मृत्यु भएको छ ।
शनिवार दिउँसो बिराटनगर-१८ का छोटेलाल शर्माको १४ बर्षीय छोरा राज शर्मा करिव १५/२० फुट गहिरो खाडलमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको हो । मृतक लाशलाई प्रहरी र स्थानीयबासीको सहयोगमा पानीबाट बाहिर निकाली पोष्टमार्टमको लागि कोशी अस्पताल बिराटनगर लगिएको छ ।


81 पटक हेरिएको 








