पथरी । पथरी शनिश्चरे नगरपालिका न्यायिक समितिले सार्वजनिक सुनुवा कार्यक्रम गरेको छ ।
शनिबार पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ३ को सभा हलमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न हो । सार्वजनिक सुनुवाईमा घर झगडा, सिमा विवाद, वहुविवाह, सम्वन्ध विच्छेत, लगुवित्त तथा सहकारी विवाद, महिला हिंसा, लागुऔषध दुर्वेशनि लगायतको विषयहरु उठान भएको थियो । उठान भएका प्रश्नहरुलाई पथरीशनिश्चरे नगरपालिकाका कानुनी सल्लाहकार एवं अधिवक्ता दिपक राई, नगर उप–प्रमुख एवम् न्यायिक समिति संयोजक देवीमाया काफ्ले र सरोकारवालहरूले जवाफ दिएका थिए।
कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष बिजय लिम्बु, न्यायिक समिति सदस्य पदमबहादुर धिमाल, कल्पना श्रेष्ठ, वडा सदस्यहरु टंकप्रसाद पराजुली, सम्झना नेपाली, झकेन्द्रस्वरी अधिकारी, चन्द्रप्रकाश चेम्जोङ, मेलमिलाप समिति ३ नम्बर वडाका रुकमिणि बजगाईँ, हर्क लिम्बु लगागय विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।


82 पटक हेरिएको 








