पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान दिँदै आइरहेका पत्रकारलाई प्रदान गरिने यस वर्षको नारद पुरस्कार मिरिकका युवा पत्रकार प्रवेश राई हाङखिमलाई प्रदान गरिने भएको छ। यो पुरस्कार उनलाई आगामी 26 मईको दिन प्रदान गरिने भएको छ। पत्रकारिता क्षेत्रमा निस्वर्थ भावमा कार्य गर्दै आइरहेका पत्रकारहरूलाई गत वर्षदेखि पहाडको विभिन्न क्षेत्रमा प्रदान गर्दै आइरेको यो पुरस्कार यसपाली दार्जीलिङ, खरसाङ साथै मिरिकका पत्रकारहरूलाई आ-आफ्नै ठाउँमा कार्यक्रमको आयोजान गर्दै प्रदान गरिने भएको छ भने मिरिकमा पुरस्कार अलङकरण समारोह 26 मई देवर्षी नारद जयन्तीको अवसरमा सम्पन्न हुने आयोजक समितिले जनाएको छ। उक्त पुरस्कारका लागि जुरीहरूले गोप्य रूपमा पत्रकारहरूको कार्यलाई मध्यनजर गर्दै दार्जीलिङ, खरसाङ अनि मिरिकका एक शसक्त पत्रकारको नाममा पुरस्कारको घोषणा गरेका छन् , जसमा मिरिकबाट पत्रकार प्रवेश राई हाङखिमलाई उक्त पुरस्कार प्रदान गरिने भएको छ। पत्रकार प्रवेश हाङखिम वर्तमान रिपोटर्स क्लब अफ मिरिकका मूल सचिव हुन् । उनी विभिन्न मिडिया हाउससँग संलग्न रहेका छन् भने निजी न्युज पोर्टल द मिरिक पोष्टका प्रबन्धक निदेशक अनि आकाशवाणी खरसाङका समाचार वाचक पनि हुन्। उनको पत्रकारिता बाहेक साहित्य क्षेत्रमा पनि राम्रो पकड रहेको छ। – DarJeeling Today


83 पटक हेरिएको 












