चुक्मा मुकुमलुङमा युमाङ पुजा गरियो

पथरी। मोरङको पथरी शनिश्चरे-३ थोकफेक्ला पाङफेमा रहेको चुक्मा मुकुमलुङ माङथानले युमाङ पुजाआजा गरेको छ ।

स्थानीय २० घर परिवारले घरधूरी पाच सयको दरले सहयोग संकलन गरेर युमाङ पुजा गरिएको माङथानका अध्यक्ष सन्तकुमार फियाकले बताएका छन्। माङ्थानमा भाकल गरे पूरा हुने जनविश्वास स्थानीयबासीमा रहिआएको छ । स्थानीयहरुले विहानै भेला भएर युमामाङको आकृतिमा पुजा गरेपछि प्रसाद ग्रहण गरेका थिए । कार्यक्रममा के: लाङ (च्याबुङ नाच) पनि प्रस्तुत गरिएको थियो।

वर्षको एक दिन पुजा आजा हुदै आए पनि माङथान पुनः निर्माण भएसँगै अवदेखि दैनिक पुजा गर्न सकिने भएको छ। मुन्धुमी पाङवादेन सावा हाङजङको थोक फेक्ला पाङफेमा रहेको देबी थानलाई चुक्मा मुकुमलुङ माङथान मुन्धुमी नाम नामाकरण गरेसँगै संरक्षणमा स्थानीयबासी जुटेका हुन् । गाउलेहरुको आर्थिक, भौतिक र  श्रम दान सहयोग मिलेपछि गत वैशाख  २३ गते देखि माङथान पुनः निमार्णमा जुटेको माङ्थानाका सचिव सुन्दर योङहाङले बताएका छन्। ‘कसैले ढुङ्गा,बालुवा,इट्टा,सिमेन्ट र कसैले आर्थिक, सहयोग प्राप्त भएको छ’ सचिव योङहाङले भने ‘वैसाख २७ गतेदेखि दैनिक १०-१५जनाले श्रमदान गरेर माङ थानलाई पुनः निर्माण गरिएको छ ।

वि.सं २०३६ सालमा माङ्थान अस्तित्वमा आए पनि स्थानीयहरुले वि.सं. २०५२ सालदेखि सो स्थानमा वार्षिक रूपमा पुजाआजा गर्दै आएका छन्। माङ्थानाका अध्यक्ष फियाकले थप आर्थिक सहयोग जुटेमा चारैतिर घेराबरा लगाइ पुजा स्थलमा जस्तासहितको संरचना बनाउने लक्ष्य रहेको सुनाउछ । अध्यक्ष फियाकले ४ धुर र सरिता फि याकले तीन धुर जग्गा उपलब्ध गराएको माङथानलाई  नगरपालिका र स्थानीयले सहयोग गर्न जरूरी छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार