सरकारले १४ वटा मागहरु पूरा गर्नुपर्छ

नेपाल आमाको हिमाली काखमा जन्मिएको छोरी म छिरिङ शेर्पा ।यो पटकको मेरो सर्वोच्च शिखर सगरमाथा आरोहण प्रतिस्पर्धात्मक नभई सन्देशात्मका लागि, किर्तिमानको लागि नभई आरोहणमा कटिवद्ध व्यक्तित्वको स–सम्मान र बलिदानि प्रति भावपूर्ण श्रद्धासुमनको लागि हो । कुनै भुगोल विशेष जातको पहिचान मात्र नबनी देशलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान दिलाउनु सफल कर्मठी सम्पूर्ण वर्गको आवाजको लागि बढेको मेरो कदमले चुचुरोको उचाईको मापन भन्दा पनि त्यहाँसम्म पुग्नेगरी जोखिमपूर्ण जिवनयापन गर्ने सम्पूर्ण शेर्पा दाजुभाइको संघर्षपूर्ण जिवनीसँग पश्चियात्मक भएको छु । मेरो चुचुरो तर्फ बढेको पाईला मात्र मेरो हुन । ती पदमार्गहरु विगतमा श्रृजित गर्न कयौ शेर्पाहरुको अतुलनीय योगदान र त्यागहरुको सहारा साची भएका छन् । शेर्पा समुदायका कर्मठी साथ सहयोग विश्वास र निडरताको जगमा बनेको र बनाइएका मार्गबाट आरोहण गर्दा शारीरिक कठिनाई बाहेक विश्वस्तताको साथ म चुचुरोसम्म पुग्न सफल भए । आरोहणमा कैयन जात जातिको भुमिका रहेता पनि चिनारीमा शेर्पा नै भनेको पाईयो । मौसमसँग बद्लिरहने सगरमाथाको जोखिम र चुनौतिहरु हर समय नयाँ नया स्वरुपमा आउने गर्दा पनि हतोत्साहित नभई अनुशासित तवरले जोखिम र चुनौतिको पुर्वानुमान गर्दै सहज ढंगले नयाँ बिकल्पको तर्जुमा गर्दै यात्रालाई सहजीकरण गर्दै अगाडि बढ्न सक्ने कुसलता, क्षमता र निडरताको जतिनै प्रशंसा गरेनी कम नै हुनेछ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा आरोहण गर्दा हिमाल भेगका ती सम्पूर्ण शेर्पाहरुले बनाएका पदमार्गमा देशी तथा विदेशी कैयनले सगरमाथामा किर्तिमान कायम राख्न सफल भए । कयनले अन्यको सफलतामा अहोरात्र कर्म गरि पदमार्ग पहिचानदेखि निर्माण सम्म र आवश्यक बन्दोबस्तीको सर सामान सम्म पुँराउन दत्त चित्तभई लागेका शेर्पा दाजुभाइको कर्म प्रति कृतग्य भएको छु । विशेष गरि शेर्पा दाजुभाइहरुले आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन चाहे कोही किर्तिमानको लागि आएका होस या मनोरञ्जनका लागि नै किन नहोस । सबै परिस्थितिमा वातावरणलाई सहजिकरण गर्न अहम भुमिका निर्वाह गरेका छन् । राज्यले पनि सो वर्गको परिचालन र कर्मबाट नै बैदेशिक मुद्रा संकलन गर्दै देशलाई अन्तराष्ट्रिय मञ्चमा परिचय दिलाउन सफल भएको पाएको छु । मेरो आरोहरणलाई सहज बनाउनको लागि खटिएका भरिया गाईड वा जो कोहि सुरुदेखि अन्तिमसम्म हरेक स्वास्थ्य सुरक्षा खाई पाई र बन्दोबस्तीमा तलिन भई समयमा नै सबै चिजको उचित समयमा बन्दोबस्ती गर्ने सम्पूर्ण सहयात्रीको कर्म प्रति म मात्र नभई म जस्ता राट्रिय र अन्तराष्ट्रिय व्यक्तिहरु नतमस्तक नभई रहन सक्दैन सिमित सादन र प्रविधिको साहाराबाट जोखिम पूर्ण आरोहणलाई सहजता तर्फ उन्मुख गराउन सक्ने क्षमताको जति नै प्रशंसा गरे पनि कम नै हुनेछ । मेरो आरोहणसँगै मेरो यात्रा सकियो होला । ।तर त्यहाँ आवद्ध अन्य सहयोगीको यात्रा भने सयौलाई गन्तव्य सम्म नपुराईसम्म सदा चलिरहने नै छ । आजको युगमा कुनै पनि जात विशेषलाई कुनै काम विशेषले मुल्याङ्कन र परिभाषित गरिनु न्याय पूर्ण हुदैन् । कर्ममा जातको भन्दा पनि अहम भुमिका अनुशासन विश्वास, हिम्मत, त्याग र समर्पणको हुन्छ ।

सफलताले शिखर चुम्नु मेरी आमाको आशीर्वाद लागेको छ आज, नमस्कार अनि टाशीदेलेक म कलाकार छिरिङ शेर्पा सानो देखी मलाई कलाकरिता पेसामा धेरै नै रुची थियो र म खुशी छु आफनो काम प्रति फर्केर हेर्दै सन २०१५ देखि नै राजनीतिमा सुरु भएको मेरो यात्रा मिस टिनमा मिस ट्यालेन्ट हुदै २०१६ मा मिस इन्डिजेनस हेरिटेज नेपाल मा मिस एलिगेन्ट हुँदै दर्जनौं ूम्युजिक भिडियो साथै शेर्पा चलचित्रको नायिका भैई बिभिन्न संघ सस्थाहरुमा पनि आबद्ध भै शेर्पा चलचित्र संघ नेपालको संस्थापक अध्यक्षको सफल कार्यकाल निर्वाह गरेकोछु । सन २०२२ मा हिमालयन टिभि एचडीद्वारा प्रसारण हुने टिभी रियालिटी शो डान्सिङ स्टार नेपालको उपाधी पनि हासील गरेँको छु । मैले कलाकारिता पेशामा आबद्ध भैई यस क्षेत्रबाट धेरै ज्ञान र साथ पाएकी छु । तर पनि मेरो जात कै कारण सोधिने प्रश्न भनेकै ओहो शेर्पा कती चोटि हिमाल चढ्नु भएको छ ? हरेक चोटि मेरो जवाफ हुन्छ हजुर म शेर्पा हु तर मेरो पेशा भनेको कलाकरिता हो, म कलाकर हु । जातले मानिसको कर्मको परिभाषित गर्दैन, यो फरक कुरा हो । धेरैले त मलाई शेर्पा भएर हिमाल चढ्न छोडेर किन कलाकरितामा आएको पनि भनुहुन्छ । म भन्छु हिमाल चढ्नु सजिलो छैन । सगरमाथाको आरोहण जटिलपुर्ण र जोखिम युक्त रहेको पर्वतारोहीहरूका बीचमा परिचित छ । यसको अत्याधिक उचाइ, अप्रत्याशित मौसम र जटिल भू–भागका कारण थोरै मानिसहरू मात्र सफलतापूर्वक सगरमाथाको शिखरमा पुगेका छन् । शिखरको यात्रामा २ हप्ता भन्दा बढीको लागि हरेक दिन ६–८ घण्टा हिड्न आवश्यक छ, १०–१२ घण्टा आरोहण र क्याम्पिङको अतिरिक्त तपाईंलाई विभिन्न आरोहण उपकरणहरू, डोरीहरू, क्र्याम्पनहरू, हार्नेसहरू आदिसँग परिचित हुनुका साथै अघिल्लो आरोहण अनुभव चाहिन्छ । समग्रमा, सगरमाथा आरोहण एक अत्यन्तै जोखिम र चुनौतिले भरिएको काम हो । जसको लागि उच्च स्तरको तन्दुरुस्ती, अनुभव र दृढता चाहिन्छ । यो एक हल्का रूपमा लिईने आरोहण होइन । उच्च अनुभवी आरोहीहरूले पनि शिखरमा पुग्ने प्रयास गर्दा कैयन जटिल परिस्थितीको सामना गर्नु पर्दछ । शेर्पाहरूलाई उच्च उचाइमा, विशेष गरी उच्च उचाइको अभियानका लागि गाइडको रूपमा सेवा गर्ने सक्षम पर्वतारोहीको रूपमा मानिन्छ । शेर्पाले गाईडको रूपमा काम गर्छन् र आधार शिविर स्थापना गर्नेदेखि माथिल्लो शिविरमा भार बोक्ने सबै काम गर्छन । शेर्पाको काम पहाडको आधार शिविरबाट सुरु हुन्छ । जहाँ ढुवानीका अन्य साधनहरू उपलब्ध छैनन् अन्य जातीय समूहका मानिसहरू र घरपालुवा जनावरहरूले आधार शिविरसम्म भार बोक्छन र यहाँबाट माथिल्लो शिविरमा भार बोक्ने, आरोहण मार्ग तय गर्ने र हिमालको चुचुरोमा आरोहीहरूलाई सघाउने काम शेर्पाको हो ।
आज, धेरै शेर्पा गाइडहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा मानिसहरूलाई विश्वका विभिन्न भागहरूमा चुचुरोहरूको शिखरमा मार्गदर्शन गर्ने काम गर्छन । केही शेर्पा गाइडहरू IFMGA/UIAGM प्रमाणित माउन्टेन गाइडहरू पनि हुन् ।
म यस सगरमाथाको चुचुरोबाट यस्तो जटिल कामलाई कर्म बनाई आबद्ध सम्पूर्ण शेर्पा दाजुभाइहरुको यस्तो महान कामको कदर गर्दै हार्दिक नमन गर्दछु। साथै सम्पूर्ण हिमाल आरोहणको क्रममा ज्यान गुमाउनु भएका सम्पूर्ण शेर्पाहरुको सम्मान सहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्न पाउदा मेरो सपना पूरा भएको महसुश गरेँको छु साथै आउँदा दिनमा शेर्पा दाजुभाइहरुको आवाज बन्ने कोसिस गर्दछौ । सम्पूर्ण शेर्पा आरोहीहरुको हितको लागी मैले केही मागहरु नेपाल सरकारसंग राखेको छु।
– राष्ट्रियस्तरबाट शेर्पा समुदायलाई आरोहीको रुपमा मात्रै व्याख्या नगरियोस । यस समुदायलाई संविधान अनुरुप प्राप्त हुनु पर्ने सेवा सुविधा उपलब्ध गराई राज्यको हरेक संयन्त्रमा जोडिने वातावरण श्रृजना गरियोस ।
– राज्यले सगरमाथाको उपयोग गरी विभिन्न तवरले कर वा अन्य आम्दानीबाट आर्जित राजस्वको केहि हिस्सा यही हिमाली भेगमा लगानी गर्नुपर्ने कार्यविधि निर्माण गरियोस ।
– कर्मशिल शेर्पा समुदायको हितको लागि आधुनिक शिक्षा प्रविधि र यन्त्र उपकरणको प्रयोग र परिचालन गर्न सक्ने दक्ष जनशक्ति निर्माणमा राज्यको लगानी होस् ।
– आरोहरणमा आवद्ध, जनशक्तिलाई राष्ट्रिय स्तरमा तालिम, परामर्श दिई कार्य क्षेत्रमा सहजीकरणको व्यवस्था मिलाइयोस् ।
– नेपाल सरकारको मातहतमा नै सम्पूर्ण आरोहीको विमाको व्यवस्था गरि जोखिम न्युनिकरणमा राज्यको प्रतिवद्धता होस् ।
– आरोहीको आरोहणको क्रममा अंगभङ्ग भई अपाङ्गता भएमा उचित क्षतिपूर्ति साथै बैकल्पिक व्यवस्था निर्माण गरी जीवन यापन गर्न सहजीकरण गरियोस् ।
– दुर्घटना वस कार्य क्षेत्रमा जिवन त्याग गरेको हकमा राज्यले उचित क्षतिपूर्ति दिई दिवंगत परिवारजनले स्वरोजगार भई कार्य गरि जीवन यापन गर्न सक्ने कार्यविधि लागु होस् ।
– कार्य क्षेत्रमा दिवंगत भएका व्यक्तिहरुको सम्झनामा नेपालमा मात्र नभई विश्वका अन्य मुलुका आरेहीको त्यागलाई सम्झन र सम्मान गर्न वार्षिक कुनै कार्यक्रम र मिति तय गरियोस्।
– जलवायु परिवर्तनबाट हिमाली भु–भागमा परेको क्षतिलाई रोक्न राष्ट्रियस्तरमा मात्र नभई अन्तराष्ट्रियस्तरमा आवाज उठाईयोस ।
– सगरमाथामा अव्यस्थित रुपमा छरिएको फोहोर मैलालाई हटाउन तत्काल पहल गरियोस्।
– भौगोलिक विकट क्षेत्रमा रहेको हिमाली क्षेत्रलाई राज्यको केन्द्र सँग सहज रुपमा पँहुच स्थापित हुने वातारण तय गरियोस् । – आरोहीहरुलाई तत्काल आधुनिक सुचना संयन्त्र तथा भौगोलिक वातावरण पहिचान मुल्याङ्कन गर्न सक्ने यन्त्र उपकरणको पहुँच स्थापित गरियोस् ।
– हिमाली क्षेत्रको भाषा, कला, संस्कृति, रितिरिवाज र चाडपर्वलाई जगेर्ना गरि राष्ट्रिय स्तरमा यसको प्रवद्र्धन राज्यको लागि गरियोस्।
– सगरमाथा आरोहणमा देखिएको आरोहण चापलाई व्यवस्थित र मर्यादित बनाउन पहल गरियोस् ।
– यसर्थ हिमाली क्षेलाई विगतमा हुन सक्ने जलवायु परिवर्तनको शिकार हुनबाट बचाउन सकेमा मात्रै हामीले पर्यटन प्रवद्र्धनबाट लाभ लिन सक्ने छौं ।
साथै हिमाली भेगका शेर्पा समुदायलाई राष्ट्रिय हितमा लगानी गर्न सकेमा मात्र देशले भौगालिक क्षेत्रको विकास र प्रवद्र्धनमा टेवा पुर्यायाउन सक्नेछ ।
अन्तमा, मलाई यस आरोहणमा आवद्ध भई आगाडि बढ्न हौसला, प्रोत्साहन र सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हातहरुलाई नमन गर्दै आभार व्यक्त गर्दछु ।
धन्यवाद ।।। 🙏🏼🌹
1. GOV Support- Gokarneshwor Municipality & कागेश्वरी मनोहरा नगरपालिका-Kageshwori Manohara Municipality
2. Expidition Company- 8K Expedition
3. Hami Nepali-USA
4. Beauty Products- Shree Kesh Hair Oil& Nplus Professional
5. Life Insurance Partner- IGI Life Insurance
6. Education Partner- East-Pole School Collage & ZenithEducationalConsultancy
7. Banking Partner – Krishi Bikash bank
8. Travel Partner – Baba Gokarneshwor Transportation & Airport Prepaid Taxi Service (TIA).
9. Cement Company- Everest Fiber Cement Board.
10. Tent partner- Sagarmatha Tent Pvt.Ltd
11. Heli Partner- Everest Experience & Assistance & Altitude Air Pvt. Ltd.
12. Hospital partner- Hams Hospital
13. Media Partner- Himalayan TV/HD
14. Attire Partner- nimsdai,Mingma David Sherpa

Nepal Tourism BoardTrekking Agencies’ Nepal Mountaineering Association (NMA)Association of Nepal (TAAN) Nepal Mountaineering Instructors Association- NMIA

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार