खोलामा डुबेर २ जना बालकको मृत्यु

इलाम । जिल्लाको माई नगरपालिका-८ माईखोलामा पौडी खेल्ने क्रममा डुबेर २ जना बालकको मृत्यु भएको छ ।

विहिवार दिउँसो साढे ३ बजे स्थानीय बिक्रम लिम्बुको ११ बर्षीय छोरा मिङसुहाङ र राजेन्द्र आङदेम्बेको ८ बर्षीय छोरा किस्मनको मृत्यु भएको हो। माईखोलामा पौडी खेल्न गएकोमा अबेर सम्म घर फर्की नआएपछि खोजतलासमा खटिएको प्रहरी टोली र स्थानीयले मिङसुहाङ लिम्बुलाई पानीमा डुबि घाईते अवस्थामा र किस्मन आङदेम्वेलाई मृत अवस्थामा फेला पारेको थियो ।
घाईते लिम्बुलाई उपचारको लागि वी एण्ड सी अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार