पथरी । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोले पथरी बहुमुखी क्याम्पस हाम्रो गौरवको रुपमा रहेको संस्था भएकोले यसलाई अगाडि बढाउन सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
विहिवार क्याम्पसको १६ औं क्याम्पस सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तुम्वापोले सो कुरा बताएका हुन् । उनले थपे–‘क्याम्पस सञ्चालनको लागि हामीले के के गऱ्यौं, आ–आफ्नो पहुँच भएका ठाउँहरुमा मुखले बोलेर मात्र होइन व्यवहारले पुऱ्याउन आवश्यक छ ।’
पथरी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामकुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पञ्चायत माविका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकी, प्राध्यापक संघका अध्यक्ष उपेन्द्र बस्नेत, समाजसेवी हेमा ढंगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा आर्थिक वर्ष २०७९/ ८० को प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।


111 पटक हेरिएको 












