स्वास्थ्य सेवा सुदृढिकरण गोष्ठी

पथरी । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छाैं’ भन्ने मूल नाराको साथ पथरी शनिश्चरे नगरपालिकामा क्षयरोग अन्त्यका लागि अन्तरक्रिया तथा स्वास्थ्य सेवा सुदृढिकरण गोष्ठी सम्पन्न भएको छ ।
पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा सेभ द चिल्ड्रेनको सहयोगमा भएको सो गोष्ठीको प्रस्तुतिकरण सन्तोष गुप्ता, गोविन्द माझी, ध्रुव उराउ र राम कोइरालाले गरेका थिए ।
सो कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य, नगरका शाखा प्रमुखहरु, नगरका स्वास्थ्यकर्मी, नगरका विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थितिको तर्फबाट पथरी बहुमुखी क्याम्पसका प्रमुख शान्तिराम तिम्सिनाले आफ्ना कुरा राखे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार