पथरी । पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्ले ४ वटा योजना तथा कार्यक्रमको अनुगमन गरेकी छिन् ।
आज वडा नं. २ को महिला सञ्जाल भवन निर्माण, वडा नं. ७ को लामाटोली सामुदायिक भवन निर्माण, वडा नं. ८ को शुक्रबारे सामुदायिक भवन निर्माण र वडा नं. ९ को रेडक्रस जाने बाटोको ड्रेनको अनुगमन गरिकी हुन ।अनुगमनमा नगरका योजना शाखा प्रमुख शिवकुमार राई, अनुगमन समितिका सदस्य अन्जना शिवा, इन्जिनियर सन्तोष केसी लगायतको सहभागिता रहेको थियो ।


62 पटक हेरिएको 








