विराटनगर। प्रहरीमा जागिर लगाई दिन्छु भनि ठगी गर्ने १ जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं.३ बस्ने ४५ बर्षिय पन्चु पासवान रहेका छन् । पासवानले जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं. ५ बस्ने सम्पतलाल झागडको छोरा राज कुमार उराँवलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाई दिन्छु भनि रूपैया ३ लाख ३० हजार नगद लिई ठगी गरेको कसूरमा पक्राउ परेका हुन् । उनलाई ठगी कसूरमा जिल्ला अदालतबाट ५ (पाँच) दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।


82 पटक हेरिएको 





