ट्राफिक प्रहरीलाई ४ थान बिद्युतीय टेम्पो हस्तान्तरण

सुनसरी ।  ट्राफिक ब्यबस्थापनको लागि ईटहरीमा रहेको अटो सिटि बजाज सोरुमका संचालक प्रदिप कुमार सन्थालियाले ट्राफिक प्रहरीलाई ४ थान बिद्युतीय टेम्पो प्रदान गरेका छन् ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय ईटहरी परिसरमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको प्रमुख आतिथ्यतामा आयोजित एक कार्यक्रममा ब्यबसायी एवं समाजसेवी सन्थालियाले ४ थान टेम्पो प्रमुख अतिथि खापुङलाई प्रदान गरेका हुन्। सोही कार्यक्रममा प्रदेश प्रहरी प्रमुख खापुङले बिद्युतीय टेम्पो ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई हस्तान्तरण गरे । कार्यक्रममा प्रमुख अतिथि खापुङले सन्थालियालाई हार्दिक धन्यवाद दिनु हुँदै सवारी साधन प्राप्त भए संगै ट्राफिक काम कारवाहीमा थप राहत पुग्ने बिश्वास ब्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार