पथरी । पथरी जेसीजद्वारा एक दिने क्यान्सर सम्बन्धी महिला लक्षित सचेतना कार्यक्रम संचालन गरेको छ।
मंगलबार पथरी शनिश्चरे-६ , शान्ति चोक चोकमा महिलाहरुलाई क्यान्सर सम्बन्धी सचेतना प्रदान गर्ने उद्देश्यका साथ कार्यक्रमको संचालन गरिएको हो । संविधान सभाका सभासद लालबहादुर ‘सुस्लिल’ मगरको प्रमुख आतिथ्यता तथा जेसीआई सिनेटर तथा वर्ष २०२४ का अध्यक्ष राजकुमार विश्वकर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो। जेसीजका अध्यक्ष तथा जेसीआई सिनेटर राजकुमार विश्वकर्माले गाउँघरमा महिला दिदी बहिनीहरूले वर्षौंदेखि भोग्दै आइरहनुभएको क्यान्सर सम्बन्धी समस्याबाट छुटकारा दिलाउन सो कार्यक्रम गरिएको प्रष्ट पारे ।
विराट मेडिकल कलेजकी क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीले सहजीकरण गरेको कार्यक्रममा सय बढीले आ- आफुले भोगेको स्तन, पाठेघर, फोक्सो, लगायतका विभिन्न स्वास्थ्य समस्याहरूबारे जिज्ञासा राखे ।


117 पटक हेरिएको 












