सिरिजंगा चोक । मोरङको पथरी शनिश्चरे ३मा भएको तेस्रो सिरिजंगा खुल्ला फुटबल प्रतियोगिता सकिएको छ।
मंगलवार भएको फाइनलमा आयोजक सिरिजंगा एफ सीलाई ३-१ गोल अन्तरले हराउँदै यलम्बर जोरधारा युथ क्लबले उपाधि जितेको छ । पहिलो सेमिफाइनलमा यलम्बर क्लबले सप्तरंगी एफ सीलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा आयोजक सिरिजंगा एफ सी ले कल्याण स्पोर्ट्सलाई सडेन डेथमा पराजित गर्दै फाइनलमा प्रवेश पाएको हो । जेठ ३ गतेदेखि सुरु प्रतियोगितामा १६ टिमको सहभागी भएकी थिए।
आजै भएको भेट्रान फुटबलको फाइनलमा कल्याण भेट्रानले फुङ्गनाम भेट्रानलाई ३-१ गोल अन्तरले नै हराउँदै उपाधि माथी कब्जा गरेको थियो।
तस्बिर: पिएल टिभी एचडी।


104 पटक हेरिएको 








