पथरीमा सुविधा सम्पन्न व्यवस्थित पानी पोखरी बन्यो

पथरी । हरियाली सामुदायिक वन उपभोक्ता समूह पथरी शनिश्चरे २ मोरङमा सुविधा सम्पन्न व्यवस्थित पानी पोखरी निर्माण भएको छ । बालबालिका र वयस्कलाई छुटाछुट्टै दुई वटा पौडी पोखरी निर्माण गरेको वनका अध्यक्ष काबुलबहादुर मगरले जानकारी दिए । जेठ २५ गतेदेखि पोखरी सर्वसाधारणका लागि खुल्ला गरिने उनको भनाई छ । बालबालिकालाई १ सय र वयस्कलाई २ सय रुपैयाँ पौडी खेलेको शुल्क  र उपभोक्तालाई २५% छुटको व्यवस्था रहेको छ। पौडी पोखरीमा लकर, सावर, प्रशिक्षण, लाइफ गार्डलगायतका सुविधा छन् । मासिक, त्रैमासिक र फुल सिजन सदस्यताको पनि व्यवस्था छ । अध्यक्ष मगरले सुरक्षा, प्रशिक्षणलगायत हरेक दृष्टिकोणले पौडी पोखरी व्यवस्थित ढंगले सञ्चालन ल्याइने जानकारी दिए ।

वनको सभाहलमा पत्रकार सम्मेलनको आयोजना गरी सो क्षेत्रमा विवाह, पार्टी, भोज, सांगीतिक कार्यक्रमको लागि एसी सहितको सभा हल चालु अवस्थामा रहेको छ । पार्किङ, शौचालय, चमेना गृह, पर्यपर्यटन विकासको लागि सामुदायिक वनको कार्य योजना र डीपीआर अनुसारको ३ वटा पोखरी निर्माण भइरहेको छ । हरियाली सामुदायिक वन लिमिटेडका कानूनी सल्लाहकार विष्णुप्रसाद ज्ञवालीले सामुदायिक वन लिमिटेडका बारेमा प्रष्ट्याए । सम्मेलनमा हरियाली सामुदायिक वन लिमिटेडका अध्यक्ष दिलबहादुर तामाङ, वनका सचिव निर्मला चौहान लगायतहरुको उपस्थिति रहेको थियो ।

वि.सं. २०७६ मा नेपालकै उत्कृष्ट वन घोषणा हुँदै वैज्ञानिक वन व्यवस्थापनमा गणेशमान सामुदायिक वन पुरस्कार हरियालीले प्राप्त गरिसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार