पथरी । याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति मोरङले ‘याक्थुङ चिनारी र मुन्धुम ‘ विषयक एक दिने प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रम सोमवार सम्पन्न गरेको छ।
सिरिजङ्गा स्मृति धार्मिक बन याग्राङसिङ हिम पथरीमा भएको कार्यक्रममा मिचिगन स्टेट युनिभर्सिटी अमेरिकाका प्रध्यापक डाक्टर मारोहाङ खवाहाङले ‘याक्थुङ चिनारी, मुन्धुम ‘ बिषयमा आफ्नो प्रस्तुति राखेका छन् । प्राध्यापक डाक्टर खवाहाङले मुन्धुमी ज्ञान पश्चिमेली ज्ञानभन्दा वृहत रहेकाे बताएका छन् । कार्यक्रममा युके बाट मेनिमाङ दिलसिङ मेन्याङबो, लोकेन्द्र तबेबुङ, नरेन्द्र मावोहाङ, जय मादेम्बालगायत विभिन्न पालिकाहरुबाट सहभागीता रहेको थियो ।
के:लाङ (च्याब्रङ नाच), येवालाङ र याक्थुङ ‘लाजे लिम्बुवान . . . ‘ बोल के गीतमा नृत्य गरिएको कार्यक्रम योबाहाङ तुम्बाहाम्फेले कार्यकम सञ्चालन गरेका थिए ।


108 पटक हेरिएको 








