पथरी । हाम्रो भूमि: हाम्रो भविष्य मूल उद्घोषका साथ पञ्चायत मावि पथरीले आज विश्व वातावरण दिवस मनाएको छ ।
साढे ४ हजार विद्यार्थी अध्ययनरत प्रदेशको नमुना मानिएको माविमा गत वर्षयता रोपिएका कैयौं वृक्षहरूको मलजल र संरक्षण गर्दै यसपटक सयभन्दा बढी नयाँ प्रजातिका विरुवाहरू रोपेर मानिएको प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताए ।
संरक्षण सँगसँगै रोपिएका थुप्रै प्रजातिका वृक्षहरूमा धुपी, स्वामी, वर, पिपल, टिक, निम आदि रहेको प्रधानाध्यापक बुढाथोकीले बताए ।
दिउँसोको सत्रमा अध्ययनरत विद्यार्थीहरूको सहयोगमा भएको वृक्षरोपण कार्यक्रममा प्रधानाध्यापक सँगसँगै शिक्षक टीका घिमिरे, उपेन्द्र बस्नेत, दिनेश सुवेदी, रवि मण्डललगायतको सक्रिय सहभागिता रहेको थियोे ।