लिम्बु भाषा कक्षा १२ को परीक्षा सकियो

मोरङ । इलाम र मोरङमा लिम्बु भाषाको परीक्षा सकिएको छ । इलाम माङसेबुङ ५ मा अवस्थित सरस्वती माध्यमिक बिधालयमा शुक्रबार लिम्बु भाषा कक्षा १२ को परीक्षा सम्पन्न भएको छ ।

सरस्वती माबि परीक्षा केन्द्रमा २८ जना रहेकोमा २४ जना बिद्यार्थीले परीक्षा लेखेका थिए । परीक्षामा ७ जना पुरुष सहभागी रहेका थिए । १७ जना महिला परीक्षार्थीहरुले लिम्बु भाषाको परीक्षा लेखेको जनाइएको छ ।

सरस्वती मा.बि. पाटिगाउँ केरावारी मोरङमा पनि लिम्बु भाषाको कक्षा १२ को परीक्षा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार