आन्दोलनरत मुकुम्लुङ सड्घर्ष समिति २० हजार बिरुवा रोप्ने अभियानमा

ताप्लेजुङ । जिल्लाको पाथीभरा क्षेत्रमा वृक्षरोपण अभियान सुरु भएको छ । आन्दोलनरत मुकुम्लुङ संयुक्त सङ्घर्ष समितिको आयोजनामा अभियानमा २० हजार बिरुवा रोप्ने अभियान बिहीबार देखि सुरु भएको हो ।

अभियानका क्रममा गुराँस, धूपी, चिमल, रौट सल्लाहा, चाप प्रजाति लगायतका बिरुवा रोपिने समितिले जनाएको छ । केबलकार निर्माणका लागि रुख कटान गरिएको क्षेत्रमा पुन संघर्ष समितिले बिरोध जनाउँदै सो क्षेत्रमा वृक्षारोपण गरेका हुन् । जिल्लास्थित सामुदायिक वनका नर्सरी र वन कार्यालय अन्तर्गतका नर्सरीबाट बिरुवा खरिद गरेर पाथीभरा क्षेत्रमा वृक्षरोपणको अभियान थालेको केबलकार खारेजी सङ्घर्ष समितिका संयोजक खगेन्द्र फेम्बूले बताए । उनले भने, “सेवा पूजासहित बृहत् वृक्षारोपण गर्ने अभियान सुरु गर्यौँ । अभियान असार १५ गतेसम्म जारी रहने छ ।”

पाथीभरामा केबलकार निर्माणका लागि गत वैशाख अन्तिम साता रुख कटान गरिएको थियो । राष्ट्रिय फूल गुराँसका बोट काटिएकोमा समितिले विरोध जनाउँदै पुन सोही क्षेत्रमा वृक्षारोपण गरेका हुन् । पाथीभरा क्षेत्रमा चार वर्ष अघि डढेलो लाग्दा धेरै बोटबिरुवा नष्ट समेत भएको थियो ।

वृक्षारोपण अभियानको पहिलो दिन बिहीबार ६ हजार विरुवा रोपिएका हुन् । अभियानन्ता सरोज कङलिवाका अनुसार वृक्षारोपणमा पहिलो दिन ४ सय पचास भन्दा धेरै अभियानकर्मीहरु सहभाागी थिए । अभियानमा ताप्लेजुङ बाहेकका जिल्लाहरु पान्थर, इलामबाट समेत वोटविरुवा लगिएको अभियानमा सहभागी किरात याक्थुङ चुम्लुङ्का संघीय अध्यक्ष प्रेम एक्तेनले बताए ।

मुक्कुमलुङमा केबलकार निर्माणका लागि निर्माण पक्षले गत बैशाख अन्तिम साता रुख कटान गरेपछि त्यस क्षेत्र अझै अशान्त रहेको छ । संयोजक फेम्बुले आजभन्दा चार वर्ष अगाडि यस क्षेत्रमा आगलागी भएको थियो । उक्त आगलागीबाट नष्ट भएको बन जंगलमा अझै बोट बिरुवा हुर्कन सकेको छैन। त्यस क्षेत्रहरुमा समेत वृक्षारोपण गर्ने बताए ।वृक्षारोणसंगै बिरुवा हुर्काउन तथा दिर्घकालीन संरक्षणका लागि समेत संघर्ष समितिले जिम्मेवार लिने संयोजक फेम्बुले जनाएको छ । उक्त बृहत वृक्षारोपण कार्यक्रम तथा नो केवलकारका अभियान्ताहरु प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिमा आबद्ध विभिन्न संघ संस्था, राजनैतिक दल साथै सामाजिक अभियन्ताहरुसमेत सो क्षेत्रमा वृक्षारोपणका लागि बुधबार नै पुगेका छन् ।

प्रदेशको नाम कोशी खारेजीसँगै पाथीभरालाई मुक्कुमलुङ नामाकरणका साथै त्यसक्षेत्रको वातावरणीय पर्यावरणलाई नस्ट पार्ने केवलकार निर्माण रोक्न आन्दोलनरत सबै पक्षहरु वृक्षारोपण कार्यक्रममा सहभागी भएको कियाचू संघीय अध्यक्ष एक्तेनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार