पथरी । दुर्गा माध्यमिक बिद्यालय पथरी शनिश्चरे ७ ले श्रुति सम भिन्नार्थक शब्द प्रतियोगिता गर्ने भएको छ ।
असार ३ गते सोमबारको दिन दुर्गा माबिको प्राङगणमा ६ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुको सहभागितामा श्रुति सम भिन्नार्थक शब्द प्रतियोगिता हुने भएको हो ।
विद्यालयका प्रधानाध्यापक यादव घिमिरेका अनुसार स्पर्धामा पथरी शनिश्चरे १ को सुनाखरी माबि र नमुना पंचायत मावि, वडा न. ३ को जनता माबि, वडा न. ७ को चन्द्र किरातेश्वर मावि र बाल कल्याण माबिका बिद्यार्थीहरु सहभागी हुनेछ । प्रथम पुरस्कार २ हजार नगद र प्रमाण पत्र, दोस्रो पुरस्कार नगद १ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र, तेस्रो पुरस्कार नगद १ हजार र प्रमाण पत्र सान्तवना पुरस्कार नगद ५ सय सय रुपैयाँ र प्रमाण पत्र तथा पाँचौं र हुनेलाई छैठौंलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिने बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा न. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेतले जानकारी दिए । कार्यक्रमको लागि स्थानीय ब्यवसायी तेजबहादुर बुढाथोकीको आर्थिक सहयोगमा संचालन गर्न लागिएको जनाइएको छ ।


121 पटक हेरिएको 








