पथरी । सिरिजङ्गा धार्मिक वन पथरी शनिश्चरे १० को क्षेत्रभित्रमा बग्ने पथरी खोलाको किनारामा अनधिकृत तवरले बनाईएका बंगुरका खोरहरू हटाईएको छ ।
शनिबार बिहान वडा नम्बर -१ को पथरी कृषि बजार पश्चिम पथरी खोलाको किनाराका संरचनाहरू हटाईएका हुन्।
पथरी खोलाको मुल बहावलाई नै असर गर्ने गरी बनाई बंगुर पालन गर्न बनाईएका संरचनाहरू पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहनप्रसाद तुम्वापो, सिरिजङ्गा धार्मिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बर चेम्जोङ, वडा नम्बर १० का वडाध्यक्ष जीवन खतिवडा, पथरी कृर्षि बजार व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र गुरुङ, ईलाका प्रहरी कार्यालय पथरीका प्रतिनिधि, सशस्त्र प्रहरी ,बेस क्याम्प, नगरप्रहरीहरूको संयुक्त टोलीले सुनाखरी माध्यमिक विद्यालयको पश्चिम पथरी खोलाको बहावलाई ‘जेसी भी मेसिनले क्लियर ‘ गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने पथरी खोलाको पुलसम्म खोलाको पानी बहाव ४५ फुटसम्म सफाई’ गरिएको थियो। यस अघिका ६/७ महिनामा ती संरचनाहरू हटाउन नगरपालिकाको कार्यलय, वडा कार्यालय, सिरिजङ्गा धार्मिक वन समूहले पटक पटक सूचनाहरु प्रकाशित गरेको र सोहि सूचनालाई कार्यान्वयन गरिएको पथरीशनिश्चरे वडा नम्बर १ का वडाध्यक्ष भीम कुमार राईले बताए।
नगरपालिकाले ५/६ महिनादेखि ती अवैध टहरा हटाउन ३५ र ७ दिने निर्देश सहित सूचना प्रकाशित गरी ती संरचनाहरु हटाईएको भौतिक पूर्वाधार विकास समितिका संयोजक वीरध्वज शिवाले बताएका छन्।


82 पटक हेरिएको 








