पथरी । दुर्गा माध्यमिक बिद्यालय पथरी शनिश्चरे -७ मोरङ ले मंगलबार श्रुतिसम भिन्नार्थक शब्द प्रतियोगिता सम्पन्न भएको छ ।
५ वटा सामुदायिक विद्यालयका १५ जना विद्यार्थीहरुको सहभागितामा श्रुतिसम भिन्नार्थक शब्द प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा दुर्गा मावि प्रथम, जनता मावि द्धतिय, नमुना पञ्चायत माबि तृतिय भएको दुर्गा माविका प्रधानाध्यापक यादब घिमिरेले बताएका छन्। यस्तै पथरी शनिश्चरे ७ को बाल कल्याण माविले सान्तवना र चन्द्र किराँतेश्वर माबि पाँचौ भएको थियो । स्पर्धी मध्ये प्रथम हुनेलाई पुरस्कार २ हजार नगद र प्रमाण पत्र, दोस्रो पुरस्कार नगद १ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र, तेस्रो पुरस्कार नगद १ हजार र प्रमाण पत्र सान्तवना पुरस्कार नगद ५ सय सय रुपैयाँ र प्रमाण पत्र वितरण गरियो भने पाँचौं स्थान हुनेलाई सहभागिताको प्रमाण पत्र यातायात खर्च प्रदान गरिएको आयोजक बिद्यालयले जानकारी दिएको छ।


114 पटक हेरिएको 








