मिलनलाई शैक्षिक सामाग्री वितरण

सखुवारा । पथरी शनिश्चरे वडा नं. ८ ले मिलन आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई विद्यालय पोशाक स्वरुप १/ १ थान ट्रयाकसुट निःशुल्क वितरण गरेको छ ।
नयाँ डेक्सबेन्च, बाल उधान (पिङ, चिप्लेटी, चाकलचुकुल लगायत) तथा खेलौनाका सामाग्रीहरु, मादल, गितार, पिटी ड्रमलगायत संगीत कक्षाका सामाग्रीहरु, डसना, सिरानी, कापी कलम, डस्टबीन लगायत ४ लाख बराबरको आवश्यक विभिन्न सामाग्रीहरु विद्यालयलाई वितरण गरेको वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिए । विद्यालयमा शैक्षिक सत्र २०८० मा प्रथम/दोस्रो र तेस्रो हुने विद्यार्थीहरुलाई पुरस्कृत गरी सबैलाई छात्रवृत्ति समेत वितरण गरिएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष कार्कीले वडा कार्यालय वडाभित्र रहेका सबै सामुदायिक विद्यालयको रुपान्तरणमा लागेको र त्यसमा समुदायका सबैले आफ्नोतर्फबाट सहयोग गर्नुपर्ने बताए । प्रमुख अतिथिका रुपमा उपस्थित नगर प्रमुख मोहन प्रसाद तुम्बापोले वडा नं. ८ ले सामुदायिक विद्यालय निर्माणमा देखाएको चासो र चिन्ताको बिषयमा वडा अध्यक्ष लगायत जनप्रतिनिधिहरु लाई धन्यवाद दिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार