मोजो तालिम सुरु

दमक । पत्रकार मञ्च दमक झापाले तीन दिने मोबाईल जर्नालिजम (मोजो) तालिम सुरु गरेको छ ।

माङसेबुङ गाउँपालिकाको सहयोगमा दमकस्थित मञ्चको सभाहलमा एक कार्यक्रमका बीच शुक्रवारबाट तालिम सुरु भएको हो । माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले कागतीको बोटमा पानी हालेर तालिम उद्घाटन गरेका थिए । ‘माङसेबुङवासी अधिकांशको ब्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्य आदिका कारण दमकमा बसोबास र आवतजावत बाक्लो हुन्छ । त्यसैले यो तालिम दमकमै गर्दा प्रभावकारी हुने भएकोले हामीले पत्रकार मञ्च दमकसँग सहकार्य गरेका हौं’, अध्यक्ष राईले भने । आजको युग विज्ञान र प्रविधि, मोबाइल युग भएको हुँदा यो तालिम प्रभावकारी हुने उनको भनाई थियो ।

होटल व्यवसायी संघ कोशी प्रदेश अध्यक्ष राजन दंगाल र पत्रकार मञ्च दमकका पूर्व अध्यक्षद्वय विष्णु पोख्रेलले तालिमका सहभागीलाई शुभकामना दिएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बिनोद कुमार नेम्बाङ, माङसेबुङ वडा नम्बर ४ का वडा अध्यक्ष नवीन योङहाङ र मनकुमार गदाललगायतको आतिथ्यता रहेको थियो ।

तालिममा माङसेबुङका विभिन्न वडाका सहभागी र पत्रकार मञ्च दमकसहित पत्रकारिता सिक्न चाहने नयाँ सहभागी गरी ३० बढी समावेश छन् ।तीन दिनसम्म चल्ने तालिमलाई भीषण राई, कमन देवान, विष्णु पोख्रेल, चिरञ्जीवी घिमिरेलगायतले सहजीकरण गर्ने मञ्चका सचिव उमानाथ भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार