पथरी । मोरङ को पथरी शनिश्चरे नगरपालिका ले आफ्नो १५ औं अधिवेशनको पहिलो बैठक सम्पन्न गरेको छ ।
नगरसभामा नगर उपप्रमुख देविमाया काफ्लेको अनुपस्थितिमा नगर प्रवक्ता नविन कार्कीले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरे। कार्कीले कूल ८५ करोड ४१ लाख ८ हजारको अनुमानित बजेट प्रस्तुत गरेका छन् ।
नगरसभाका अध्यक्ष तथा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले नगरपालिकाले गर्दै आएका महत्वपूर्ण गतिविधि सहितको प्रश्नोत्तर कार्यक्रममा आफ्ना कुरा राखेका छन् । नगरसभाको अवसरमा विभिन्न समितिका संयोजकहरुले प्रतिवेदन पेश गरेको बताइएको छ ।
आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक नीति, कार्यक्रम तथा बजेटको विषयमा भोलि पत्रकार सम्मेलन मार्फत् जानकारी दिइने नगर प्रवक्ता नविन कार्कीले जानकारी दिए ।


97 पटक हेरिएको 




