१५ दिनको सुत्केरी भाषिक परिक्षार्थीलाई नगद २० हजार प्रदान

पथरी। सरस्वती मा.बि. पाटिगाउँ केरावारी मोरङमा अध्ययनरत याक्थुङ /लिम्बु भाषा (नियमित तर्फ ) की विद्यार्थी गरिमा चेम्जोङ (संयक) लिम्बुलाई नगद २० हजार र प्रशंसा पत्र प्रदान गरिएको छ ।

आज लिम्बु विद्यार्थी मञ्चले कक्षा ११ को परीक्षामा १५ दिने सुत्केरी अवस्थामा पनि सहभागी भएर उत्तीर्ण हुँदै समुदायमा मातृभाषाको जगेर्ना र बिकाश सम्बन्धमा सकारात्मक योगदान पुऱ्याए बापत चौबिसे-६ राजारानी धनकुटाकी परिक्षार्थी गरिमालाई सम्मान गरेको हो । लिम्बुभाषा उच्च माध्यमिक शिक्षा बोर्ड पान्थरले जेठ २६ गते लिएको परीक्षाको नतिजा असार ६ गते प्रकाशित भएको थियो ।प्रमुख अतिथि मञ्च सल्लाहकार मोहन हुक्पा चोङ्बाङ,  उपाध्यक्ष सागर सरगम चेम्जोङ, महासचिव प्रदिप नेयोङ, सदस्यद्धय ज्ञानेन्द्र ईङ्नाम, यसोदा लिम्बु लगायतको उपस्थितिमा भएको सम्मान कार्यक्रमको लागि आर्थिक संयोजन सांस्कृतिक अभियानताहरु बेलायत निवासी मंगल थुप्पुको थेबे, अमेरिका निवासी सुमन थाम्सुहाङ लिम्बु, बिबस बेनाम र मञ्चका सल्लाहकार हुक्पाचोङ्बाङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार