मोरङ । जिल्लाको रंगेली नगरपालिका-४ स्थित घाँगी खोलाले बगाउँदा १ जनाको मृत्यु भएको छ ।
हिजो बिहान स्थानीय ४५ बर्षीय नागेन मण्डल खोला तर्ने क्रममा खोलाले बगाइ बेपत्ता भएका थिए । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोली र स्थानीयले खोजतलास गर्ने क्रममा बगेको स्थानबाट करिव १५० मिटर दक्षिण खोला किनारमा मण्डल मृत अवस्थामा फेला परेका थिए । शवको कानुनि प्रकृया पुरा गरी पोष्टमोर्टमको लागी रंगेली अस्पताल पठाईएको छ ।
मोरङको रतुवामाइ नगरपालिका-५ मल्दैया टोलका नुर मोहमदका २ बर्षीय छोरा मोहमद मुसाको खेतमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । हिजो साँझ आफ्नै घर नजिकै रहेको खेतमा खेल्ने क्रममा जमेको पानीमा डुबेर उनको मृत्यु भएको हो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय सिजुवाले अनुसन्धान गरिरहेको छ ।


88 पटक हेरिएको 












