नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।

नगरस्तरीय विपद् व्यवस्थापन समितिको संयोजक नगर प्रमुख मोहन प्रसाद तुम्वापोको अध्यक्षतामा आज बैठक सम्पन्न भएको हो । चैतदेखि नगर भित्र चट्याङ, आगजानी, असिना पानीबाट भएको क्षतिको अनुदान वापत ५ लाख ४८ हजार अनुमोदन गरेको सूचना अधिकारी/योजना तथा प्रशासन शाखा प्रमुख शिव कुमार राईले जानकारी दिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शशि राई, लेखा शाखा प्रमुख पिताम्वर वस्ती, शिक्षा अधिकृत नविन खुलालको उपस्थिति रहेको थियो ।
यसैगरी पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेत, वडा नं. ४ का वडाध्यक्ष लोककिरण न्यौपाने, इलाका प्रहरी कार्यालय पथरीका प्रमुख गणेश कुमार श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार