
पथरी । अन्नपूर्ण माध्यमिक विद्यालय पथरी शनिश्चरे १ ले राष्ट्रिय परीक्षा बाेर्डद्वारा २०८० चैत्रबाट सञ्चालित एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ ।
विद्यालयकाे नतिजा समग्रमा उत्कृष्ट भएको जानकारी विद्यालयका प्राचार्य वीरेन्द्र गुरूङले दिए। विद्यालयबाट क्रमशः फूलकुमारी चाैधरीकाे ३.८६ जीपीए, परिना खड्का ३.७९ जीपीए, कञ्चन लिम्बू ३.७५ जीपीए, दिलासा धिमाल ३.६२ जीपीए, गुञ्जन दुलाल ३.६१ जीपीए र कञ्चन लिङथेप ल्याएकाे प्राचार्य गुरूङले बताए। त्यसैगरी ३.६० जीपीए भन्दामुनि ३ .०० जीपीए २८ जनाले राम्रो नतिजा आएको विद्यालयका शैक्षिक संयाेजक सुरेश थापाले जनाए। गुणस्तरीय शिक्षा व्यहारिक शिक्षा दिंदै आएकाे विद्यालयमा सीपमूलक सिकाइ शिक्षणमा जाेड दिइएकाे कुरा प्राचार्य गुरूङले सुनाए। वि.स.२०६० सालदेखि विद्यालयमा `प्लस_ टु´ का कक्षा सञ्चालन गरिरहेको छ। हाल यस विद्यालयमा कक्षा पिजीदेखि कक्षा- १२ सम्मका कक्षाहरूमा ६ सय बढी सय बढि विद्यार्थीहरूले अध्ययन गदैे आएका छन्। ४ दर्जन बढी शिक्षक कर्मचारी रहेको याे विद्यालयको संरचना भूकम्प प्रतिरोधात्मक क्षमताको रहेको विद्यालय मदनबहादुर थापाले स्थापना गरेका हुन्।