पथरी । साना किसान कृषि सहकारी संस्थाको आयोजनामा २१ औं राष्ट्रिय धान दिवस २०८१ मनाएको छ ।
आज पथरी शनिश्चरे वडा नं. ६ को गेलाबारीमा सामुहिक धान रोपेर २१ औं राष्ट्रिय धान दिवस मनाइएको हो । नगर प्रमुख मोहन प्रसाद तुम्वापो, कृषि शाखा प्रमुख सविना राई लगायत सहकारीका पदाधिकारीहरु र जनप्रतिनिधिहरुले सामुहिक रोपाइ गरेका हुन् ।पथरी शनिश्चरे नगरपालिकाको वित्तीय सहयोग कार्यक्रम भएको हो। यसैगरी वडा नं. ४ र २ मा पनि धान दिवस मनाइएको छ ।


115 पटक हेरिएको 












