पथरी । पशुपंन्छी तथा मत्स्यविकास शाखा पथरी शनिश्चरे नगरपालिकाले ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरेको छ ।
शाखाको आ.व. २०८०/८१ को ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण कार्यक्रम अन्तर्गत छनौट भएका १० वटा संस्थालाई च्यापकटर वितरण गरिएको हो । वडा नं. ५ को मिरमिरे कृषक समूह, वडा नं. ९ को असर्फि कृषि फर्म, वडा नं. ७ को गौमाता कृषि तथा पशुपन्छी फर्म, वडा नं. ९ को इच्छा कृषि फर्म, सल्लेरी खेती तथा पशुपालक समूह, सावा कृषि फर्म, वडा नं. ३ को गौतम कृषि फर्म, वडा नं. ७ को उत्साही साना किसान कृषि सहकारी संस्था, वडा नं. ३ को सिरिजंगा कल्याण बहुउद्देश्यीय कृषि समूह र वडा नं. ६ को चन्द्रवंशी गाई फर्मलाई वितरण गरिएको पशु चिकित्सक सवल पोखरेलले जानकारी दिए । च्यापकटर नगर प्रमुख मोहन प्रसाद तुम्वापोले वितरण गरिएको कार्यक्रममा वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेत, नगरका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।