उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका-६ स्थित उर्लाबारी-मधुमल्ला सडक खण्डमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । हिजो साझ भएको घटनाबाट मृत्यु हुनेमा उर्लाबारी-६ की २७ बर्षीया सीता बोहोरा रहेकी छन ।
प्रदेश ०३-००१क १०९० नम्बरको टिफरले प्रदेश १-०१-०१४ प ६८३३ नम्बरको स्कुटरलाई ठक्कर दिंदा स्कुटर चालक सीता बोहोरा र उनकै ९ बर्षीय छोरा प्रशान्त बोहरा घाईते भएका थिए । दुबै घाईतेलाई उपचारको लागि मंगलबारे अस्पताल लगिएकोमा सीता बोहोराको अस्पतालमा पुर्याउन साथ मृत्यु भएको हो भने छोरा प्रसान्तलाई थप उपचारको लागि न्युरो अस्पताल बिराटनगर पठाईएको छ । ठक्कर दिने टिपर र टिपर चालक मोरङ मिक्लाजुङका लाल बहादुर लिम्बुलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरी रहेको छ । घटना पछि हिजो राती घटनास्थल तनावग्रष्त भएको थियो ।


92 पटक हेरिएको 








