
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा एम्बुलेन्स थप भएको छ ।
जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको गत भदौ १ गते बसेको बैठकको निर्णयअनुसार पथरी शनिश्चरे नगरपालिकालाई एम्बुलेन्स प्रदान गरेको हो । राष्ट्रिय एम्बुलेन्स निर्देशिका पारित गरी एम्बुलेन्स खरिद तथा संचालनको लागि सिफारिस माग बमोजिम गत भदौ ३ को स्वास्थ्य मन्त्रालय विराटनगरमा सिफारिस भएको थियो ।
स्वास्थ्य मन्त्रालयप्रदेशले एम्बुलेन्स खरिद तथा सेवा सञ्चालनको लागि राष्ट्रिय एम्बुलेन्स व्यवस्थापन समिति रामशाह पथ काठमाडौंमा सिफारिसपत्रको आधारमा आवश्यक प्रक्रिया पूरा गरी एम्बुलेन्स ल्याइएको नगरका सूचना अधिकारी शिव कुमार राईले जानकारी दिए। अब नगरपालिकामा दुईवटा एम्बुलेन्स भएको छ ।