विपन्न विद्यार्थीलाई सहजताको साइकल वितरण

पथरी । विपन्न नागरिकसँग उपमेयर कार्यक्रम अन्तर्गत विपन्न छात्र छात्राहरुलाई साइकल वितरण गरिएको छ ।
आज पथरी शनिश्चरे नगरपालिकाको सभाहलमा छोटो औपचारिक कार्यक्रम पश्चात् नगर उप–प्रमुख देविमाया काफ्लेले साइकल वितरण गरेकी हुन्  ।नगरपालिकाको ६ वटा माध्यमिक विद्यालयका कक्षा ११ र १२ का विपन्न छात्र छात्राहरुलाई साइकल वितरण गरिएको हो । पञ्चायत माविका १ जना, जनता माविका ३ जना, अमरसिंह माविका ५ जना, भागिरथ माविको ४ जना, बुद्ध माविको ८ जना र सिंहवाहिनी माविको ९ जनालाई साइकल वितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार