क्षतिको अनुगमन

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाकी उप–प्रमुख एवं अनुगमन समितिकी संयोजक देविमाया काफ्लेले अगुवाईमा वडा नं. १० मा डाँस खोलाले पुर्याएको क्षतिको अनुगमन गरेकी छिन् ।

आज वडाको जिरिखिम्ती, पशुपतिनगर चौक र त्रिवेणी चौकमा डाँस खोलाले गरेको कटान (क्षति)को अनुगमन गरिएको हो । अनुगमन पश्चात् सो क्षेत्रहरूमा तुरुन्त तटबन्धन र च्यानलाइज गर्न उप–प्रमुख काफ्लेले निर्देशन दिइन् । यसैगरी वडा नं. १० का अध्यक्ष जीवन खतिवडाले आजैबाट काम सुरु हुने बताए । अनुगमनमा नगरका सूचना अधिकारी तथा योजना शाखा प्रमुख शिव कुमार राई, वडा सदस्य वीरबहादुर बस्नेत, नगरको इन्जिनियर सन्तोष केसी र प्राविधिक टोली लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार