विराटनगर । कैची प्रहार गरी फरार भएका सन्तोष शेर्पा, सोनु गिरी, संजय पुरी र एक जना नाबालक (नाम गोप्य राखेको) लाई प्रहरीले खोजतलास गरी पक्राउ गरिएको बताइएको छ ।
असार २४ गते विराटनगर २ प्रदेश टेलिकम कार्यालय नजिक सेन्ट जोसेफ स्कुलको मोडमा दुई पक्षहरू बिच भेटघाट भई एक आपसमा वादविवाद एवं झगडा हुने क्रममा धारिलो कैचीले प्रहार गरेको प्रहरीले जनाएको छ । सो क्रममा वर्ष २१ को करण कामत, वर्ष १७ को अमन राय र वर्ष २२ को विक्रम मण्डल
घाईते भई निज घाईते करण कामतको कोशी अस्पतालमा उपचारको क्रममा मृत्यू भएको थियो । अन्य घाईतेहरूको हाल नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ । प्रहरीले पाँच दिन को म्याद थप गरी अनुसन्धान कार्य भईरहेको बताएको छ ।


97 पटक हेरिएको 












