मोरङ । जिल्ला पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभा २०८१ मा पथरी शनिश्चरे नगरपालिकाले सम्मान प्राप्त गरेको छ ।
आज विराटनगरमा जिल्ला खोप समन्वय समिति मोरङले आयोजना गरेको सो कार्यक्रममा नगर प्रमुख मोहनप्रसाद तुम्वापोले सम्मान पत्र ग्रहण गरेका छन् । सो कार्यक्रममा पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य र सि.अहेव एकराज खत्रीको पनि उपस्थिति रहेको थियो ।


91 पटक हेरिएको 








