पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाले कम्प्युटर नभएका विद्यालयहरूलाई १ /१ थान ल्यापटप वितरण गरिएको छ ।
आज नगरपालिकामा नगर उप–प्रमुख देविमाया काफ्लेले ल्यापटप वितरण गरेकी थिइन् । वडा नं. ९ को आदर्श सीता आधारभूत विद्यालय (आवि ), वडा नं. ५ को सहिद रामलक्ष्मण आवि, वडा नं. ५ को जनता आवि, वडा नं. २ को सरस्वती आवि, वडा नं. ९ को सिरिजंगा आवि र वडा नं. ८ को मिलन आविलाई ल्यापटप वितरण गरिएको थियो । कार्यक्रममा शिक्षा अधिकृत नविन खुलाल, सूचना अधिकारी शिवकुमार राई, लुकनाथ पोख्रेल, पञ्चायत माविका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीको उपस्थिति रहेको थियो ।


109 पटक हेरिएको 












