पथरी । दुर्गा माध्यमिक विद्यालय पथरी शनिश्चरे ७ को परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक यादव घिमिरे, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. ७ का वडा अध्यक्ष उद्धवराज बस्नेत, शिक्षक, शिक्षका, कर्मचारी, अभिभावक, अस्थाई प्रहरी चौकी किर्तिपुर र स्थानीयहरको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो । बर्खे विदा सम्पन्न भएर विद्यालय संचालन हुने मिति नजिकिदै गएपछि सरसफाइ कार्यक्रमको आयोजना गरिएको शिक्षिका लक्ष्मी नेपालले जानकारी दिइन् । विद्यालय परिसरमा बिभिन्न जातका फुलका विरुवाहरु समेत रोपिएको शिक्षिका दुर्गा कार्कीले बताइन । सरसफाइ कार्यक्रममा सहभागी टालीले विद्यालयको सौचालय, प्राङगण क्षेत्र र विद्यालय वरिपरी सफाइ गरेका थिए । पुनः असार २९ गते शनिबार सफाइ अभियान संचालन गरिने प्रधानाध्यापक घिमिरेले जानकारी दिए ।


101 पटक हेरिएको 








