पथरी । अनौपचारिक श्रमिक हित व्यवस्थापन समिति पथरी शनिश्चरेले श्रमिकहरुको परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण गरेको छ । पथरी शनिश्चरे नगरपालिकाक नगर प्रमुख मोहन प्रसाद तुम्वापो र उप–प्रमुख देविमाया काफ्लेले परिचयपत्र तथा सदस्यता वितरण गरेका हुन् ।
आज २ सय जना बढीको भेलाले मुख्य गरेर कार्यविधिलाई संसोधन गरी आधिकारिक ट्रेड युनियन साथै वडा कार्यालबाट श्रमिकहरूको सिफारिस गरी पञ्जीकरण गराउने समेत भेलाले पारित गरेको हो ।
कार्यक्रममा नगरपालिकाका १ सय ५१ जना श्रमिकहरुलाई परिचयपत्र तथा सदस्यता प्रमाण–पत्र वितरण गरिएको थियो । परिचय पत्र पाएपछि श्रमिकहरुले खुसी व्यक्त गरेका छन्। श्रमिक हित व्यवस्थापन समितिका अध्यक्ष भीमकुमार राई, वडा नं. ८ का अध्यक्ष तथा नगर प्रवक्ता नविन कार्की, क्यूपेक नेपाल मोरङ जिल्ला कोषाध्यक्ष दिनेश लावतीले आ–आफ्ना मन्तव्य राखिएको कार्यक्रममा लेखा शाखा प्रमुख पिताम्वर वस्ती, योजना तथा प्रशासन शाखा प्रमुख एवं सूचना अधिकारी शिवकुमार रार्ई, वडा अध्यक्षहरु उद्धवराज बस्नेत, जीवन खतिवडा, नैना राई लगायतको उपस्थिति रहेको थियो ।


124 पटक हेरिएको 








