पथरी । वेलायत र नेपालका युवाहरुले विजिनेस संसार (BusinessSansar) नामको युट्युब च्यानल सञ्चालनमा ल्याएका छन् ।
कुईहाङ्ग लिम्बु निर्माता रहेको च्यानलमा दर्जन युवाहरु संलग्न रहेका छन् । युगल दिलुङ्गछा राई (भिडियोग्राफर), रुपेस राई (सहायक), संजय राई (सहायक ), टेक माबोहाङ्ग, कविता वान्तवा (प्रस्तोता) , सिम्रन स्याङ्गबो तामाङ्ग (प्रस्तोता ) लगायत सलग्न च्यानलमा नि र्माता कुईहाङ्ग स्वयम् ले स्क्रिप्ट लेखन को भूमिका निर्वाह गर्नेछन् । निर्माता कुईहाङ ले नेपाल र वेलायत मा सञ्चालन गरिरहेको विजिनेस सञ्चालक को वारेमा भिडियो तयार गरिने बताए । बिजिनेस संसारले पहिलो भाग प्रशारण गरिसकेको छ। .वेलायतको Folkestone मा Franchise Fast Food Restaurant सञ्चालक द्वय विकास र सिर्जना गुरुङलाई च्यानलमा देखिनेछन् । अव दोस्रो भाग साउन १ गते आउने निर्माण पक्षको भनाई छ ।

‘हाम्रो यो सुरुवात हो । हाम्रो अरु प्रस्तुतिहरु पनि आउदै छन् । प्रतिक्षा गरिदिनु होला’ विजिनेस संसारले भनेको छ, ‘हाम्रो प्रस्तुति के कस्तो लाग्यो ? कृपया हामीलाई सल्लाह सुझाब दिनु होला ।’


208 पटक हेरिएको 








