पथरी । मोरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिकाले मुख्य बजार क्षेत्रमा अटो/ सीटी सफारी रोक्न बक्स स्टेशन निर्माण कार्य सुरु गरिएको छ । नगरपालिका, वडा कार्यालय, बजार व्यवस्थापन समितिको संयुक्त बैठक पश्चात् निर्माण कार्य थालिएको हो।
आजबाट पथरी बजार लाइनमा अटो/ सीटी सफारी बक्स स्टेशन निर्माण गरिएको हो । अब उप्रान्त सो बक्स स्टेशनमा नरोकी जथाभावी रोकेमा ५ सय, १ हजार र १५ सय सम्म जरिवाना गरिने नगर प्रहरीका हवल्दार बलबहादुर गौतमले जानकारी दिए।


84 पटक हेरिएको 












