तेह्रथुम । जिल्लाको मेन्छ्यायेम स्थित श्रीजङ माध्यमिक विद्यालयलाई लिम्बू भाषा उच्च माध्यमिक शिक्षा वाेर्ड फाल्गुनन्द २, याम्वाेङ पाँचथरले सम्बन्धन दिने निर्णय गरेको छ ।
साउन १ गते वसेकाे बैठककाे निर्णयअनुसार शैक्षिक सत्र २०८१ सालबाट कक्षा ११ मा लिम्बू भाषा कक्षा सञ्चालन गर्ने गरि सम्बन्धन दिने निर्णय गरेको हो । हालसम्म लिम्बू भाषा कक्षा ११/१२ संचालनको लागि १० वटाले सम्बधन प्राप्त गरेको बोर्डले जनाएको छ ।
कुन कुनले सम्बन्धन प्राप्त गऱ्यो ?
१. सत्यहाङमा मा. वि. याम्बोङ पान्थर २०६६-हालसम्म
२. पब्लिक मा.वि. धरान (२०६९-शिक्षक अभावको कारण बन्द छ)
३. राष्ट्रिय रमणीय आदर्श मा. वि. दुधे,झापा (२०७०-सम्बन्धन लिने काम भो तर पठनपाठन भएन)
४. पृथ्वी मा. वि. यासक पान्थर (२०७१-हालसम्म)
५. सरस्वति मा. वि. लारुम्बा इलाम (२०७१-हालसम्म)
६. सिंहदेबी मा. वि. चौकीभञ्ज्याङ् धनकुटा (२०७३- बन्द छ ।)
७. सिङ्वा मा. वि. सिङ्वा ताप्लेजङ (२०७८-हालसम्म)
८. खङगाटार मा. वि. याङनाम पान्थर (२०७९-हालसम्म)
९. सरस्वति मा. वि. पाटी मोरङ (२०७९-हालसम्म)
१०. श्रीजङ मा. वि. श्रीजङ तेह्रथुम (२०८१ साउन १ गते सम्बन्धन लिएको)


132 पटक हेरिएको 












